होटल एलिस द वन्डर इनले हकप्रद सेयर निष्कासन गर्ने
काठमाडौं । होटल एलिस द वन्डर इन लिमिटेडले १३.५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हकप्रद सेयर निष्काशनको प्रस्ताव पारित गर्न विशेष साधारणसभा बोलाएको छ ।
कम्पनीले विशेष सभा आगामी असार १९ गते नयाँबानेश्वरमा रहेको कम्पनीको सम्पर्क कार्यालयमा बिहान १० बजे आयोजना हुनेछ ।
सभाले हाल कायम चुक्ता पुँजी ९ करोड रुपैयाँको १३.५ प्रतिशत अर्थात् १०० कित्ता सेयर बराबर १३.५ कित्ताका दरले हकपद सेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।
हकप्रद सेयर जारीपछि कम्पनीको पुँजी वृद्धि हुने हुँदा सोही बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।













