व्यापारमा शिखरको वर्चश्व कायमै: सलिकोलाई पच्छ्याउँदै सिद्धार्थ, हिमालयन एभरेष्ट र आइजीआईको टक्कर
काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले ११ महिनामा ३६ अर्ब बढीको व्यापार गरेका छन् ।
चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि जेठसम्म आइपुग्दा १४ वटा ठुला कम्पनीहरुले ३६ अर्ब ३२ करोड ९९ लाख ८८ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका हुन् ।
नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्याङ्कले यस्तो देखाएको हो । ११ महिनामा कम्पनीहरुले कुल २६ लाख ८ हजार ७९२ वटा बीमालेख बिक्री गरेका छन् । जेठ महिनामा मात्रै कम्पनीहरुले १ लाख १५ हजार ६१० वटा बीमालेख बिक्री गरि कुल ३ अर्ब ४५ करोड ६५० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।
निर्जीवन बीमा व्यवसायमा शिखर इन्स्योरेन्सको बर्चश्व कायमै छ । जेठसम्म आइपुग्दा पनि शिखरले नै सर्वाधिक व्यापार गर्न सफल भएको छ। ११ महिनामा कम्पनीले कुल ४ अर्ब ८९ करोड ६६ लाख ८९ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले २ लाख ८५ हजार ७३२ वटा बीमालेख बिक्री गरि सो बराबरको बीमाशूल्क संकलन गरेको हो । जेठमा मात्रै कम्पनीले २४ हजार ४८० वटा बीमालेख बिक्री गरि ३५ करोड ५५ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । कुल व्यवसायमा शिखरको हिस्सा १३.४७ प्रतिशत छ ।
शिखरलाई सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको)ले पच्छ्याएको देखिन्छ । सलिकोले ११ महिनामा आफ्नो व्यापार ४ अर्ब नघाएको छ । समिक्षा अवधिमा कम्पनीले ४ अर्ब २९ करोड ३७ लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । ११ महिनामा कम्पनीले २ लाख ६२ हजार ६५४ वटा बीमालेख बिक्री गरेको हो । जेठमा मात्रै कम्पनीले १९ हजार ६३९ वटा बीमालेख बिक्री गरि ४० करोड ८२ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । कुल व्यवसायमा सलिको हिस्सा ११.८१ प्रतिशत छ ।
तेस्रो सूचीमा रहेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले पनि ११ महिनामा कुल ३ अर्ब ६६ करोड ८५ लाख रुपैयाँ बराबरको व्यापार गरेको छ। कुल व्यवसायमा सिद्धार्थको हिस्सा १०.०९ प्रतिशत छ । समिक्षा अवधिमा कम्पनीले २ लाख ७५हजार ६०७ वटा बीमालेख बिक्री गरि सो बराबरको बीमा शुल्क आर्जन गरेको हो । जेठमा मात्रै कम्पनीले २२ हजार २० वटा बीमालेख बिक्री गरि कुल ४८ करोड १३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ।
बीमा शुल्क आर्जनको आधारमा हिमालयन एभरेष्ट र आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सबीच प्रतिस्पर्धा देखिएको छ। यी दुई कम्पनीको व्यापारमा २ करोड २४ लाख रुपैयाँको मात्रै फरक छ । समिक्षा अवधिमा हिमालयन एभरेष्टले ३ अर्ब २३ करोड ५७ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यता, आइजीआईले पनि ३ अर्ब २१ करोड ३३ लाख रुपैयाँ बीमाशुल्क उठाएको छ। यी दुई कम्पनीले ११ महिनामा क्रमशः २ लाख २९ हजार ६४० वटा र २ लाख १४ हजार २९१ वटा बीमालेख बिक्री गरेका छन् ।
समिक्षा अवधिमा नेको इन्स्योरेन्सले २ अर्ब ८८ करोड ३७ लाख, युनाईटेड अजोडले २ अर्ब ३८ करोड ७९ लाख, एनएलजीले २ अर्ब २६ करोड ९ लाख र सानिमा जिआइसीले २ अर्ब २१ करोड ६८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । यी बाहेकका आधा दर्जन कम्पनीको व्यापार भने २ अर्बभन्दा तल नै छ ।
समिक्षा अवधिमा ओरियण्टल इन्स्योरेन्सले १ अर्ब ७५ करोड ५१ लाख, प्रभुले १ अर्ब ५६ करोड ४७ लाख, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ५३ करोड १४ लाख, नेपाल इन्स्योरेन्सले १ अर्ब ४० करोड २२ लाख र नेशनल इन्स्योरेन्सले १ अर्ब १ करोड ९५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । क













