ललिता निवासमा कुन बैंकले कसलाई कति ऋण दिए (नामावलिसहित)
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी जग्गा व्यक्तिको नाममा बनाउने विरुद्द मुद्दा दायर गरेसँगै सो जग्गा धितो राखेर बैंकहरुले समेत ऋण दिएको खुलेको छ । तर बैंकहरुले भने व्यक्तिको नाममा जग्गाधनी पुर्जा आएको र सो अनुसार ऋण दिएको जनाएका छन् । २ अर्ब १३ करोड रुपैयाँ बैंकहरुले ऋण दिएको अख्तियारले जनाएका छ । राष्ट्र बैंकले ललिता निवासको सरकारी जग्गा धितो राखेर ऋण दिएका बैंकहरुलाई अनुसन्धान भने सुरु गरिसकेको छ ।
ललिता निवासको सरकारी जग्गा धितो राखेर सबैभन्दा बढी इन्दु शर्माले नेपाल इन्भेष्टमेन्ट बैंकबाट ६९ करोड १० लाख रुपैयाँ ऋण लिएकोे छ । तर ऋण भने चुक्ता भएको छैन । यस्तै पुरुषोतम पौडेलले ४९ करोड रुपैयाँ नेपाल इन्भेष्टमेन्ट बैंकबाटै ऋण लिएका छन् ।
ऋण दिनेमा तत्कालिन आइएमई फाइनान्स इन्स्टिच्युसन, नेपाल बैंक लिमिटेड यति डेभलपमेन्ट बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, युनिक फाइनान्स इन्स्टिच्युसनल, ग्लोबल आइएमई बैंक, लक्ष्मी बैंक रहेका छन् । हिमालयन बैंक, आर्या तारा बचत तथा, बैंक अफ एशिया नेपाल, एनआईडिसी डेभलपमेन्ट बैंक, काष्ठमाण्डप डेभलपमेन्ट बैंक, नेपाल डेभलपमेन्ट एण्ड इम्पलायमेन्ट प्रोमशन बैंक, प्राइम कमर्सियल बैंक, किष्ट बैंक रहेका छन् ।
कसको कति ऋण
बैंक | जग्गाधनीको नाम | ऋण रकम |
आइएमई फाइनान्स इन्स्टिच्युसन | उमाकुमारी ढकाल र माधवी सुवेदी | 19000000 |
नेपाल बैंक लिमिटेड | भारती पाण्डे | 10000000 |
यति डेभलपमेन्ट बैंक | नविन पौडेल | 4900000 |
नेपाल इन्भेष्टमेन्ट बैंक | पुरुषोत्तम पौडेल | 431000000 |
युनिक फाइनान्स इन्स्टिच्युसनल | मन्ती गोर्खाली | 20000000 |
ग्लोबल आइएमई बैंक | शोभाकान्त र उमा कुमारी | 37500000 |
लक्ष्मी बैंक | कामना गुरुङ | 143500000 |
लक्ष्मी बैंक | सरला गुरुङ | 183500000 |
हिमालयन बैंक | संगिता कोठारी राखेचा | 33100000 |
लक्ष्मी बैंक | कल्याण गुरुङ | 143500000 |
आर्या तारा बचत तथा ऋण | केशव तुलाधर | 20000000 |
युनिक फाइनान्स इन्स्टिच्युसनल | बन्द्री लक्ष्मी श्रेष्ठ | 10000000 |
बैंक अफ एशिया नेपाल | प्रविण ताम्राकार | 7578125 |
नेपाल इन्भेष्टमेन्ट बैंक | विवेक कुमार सुवेदी | 100000000 |
एनआईडिसी डेभलपमेन्ट बैंक | डिएलएफ डेभलपर्स | 150000000 |
काष्ठमाण्डप डेभलपमेन्ट बैंक | नितू गुरुङ | 14000000 |
नेपाल डेभलपमेन्ट & इमपलायमेन्ट प्रोमशन बैंक | नुतन श्रेष्ठ | 2000000 |
प्राइम कमर्सियल बैंक | सन्ध्या शाक्य | 18200000 |
किष्ट बैंक | सरस्वती घले गुरुङ र सरला गुरुङ | 100000000 |
नेपाल इन्भेष्टमेन्ट बैंक | इन्दु शर्मा | 691000000 |
यति डेभलपमेन्ट बैंक | संदिप ढकाल | 4900000 |