प्रधानमन्त्री ओलीद्वारा पुर्ण आकारको मन्त्रिपरिषद गठन, यस्तो बन्यो ओली सरकारको नयाँ टिम
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्ण आकारको मन्त्रिपरिषद गठन गरेका छन् । उनले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका हुन् ।
ओली नेतृत्वको मन्त्रिपरिषद्मा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र एमालेका उपाध्यक्ष विष्णु पौडेल उपप्रधानन्त्री बनेका छन् । सिंहले उपप्रधानसहित सहरी विकास मन्त्रालय र पौडेलले उपप्रधानसहित अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
कांग्रेस, एमाले, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीले नयाँ सरकारमा मन्त्री पठाएका छन् ।
यस्तै, पृथ्वीसुब्बा गुरुङ सञ्चार तथा सूचना मन्त्री, रमेश लेखक गृह मन्त्री, शरतसिंह भण्डारी श्रम तथा रोजगार मन्त्री, आरजु राणा देउवा परराष्ट्र, नवलकिशोर साह सुडी महिला बालबालिका मन्त्री बनेका छन् ।
राष्ट्रपति कार्यालयका अनुसार देवेन्द्र दाहाल भौतिक पूर्वाधार तथा यातायात मन्त्री, तेजुलाल चौधरी युवा तथा खेलकुद, प्रदीप यादव खानेपानी, प्रदीप पौडेल स्वास्थ्य, अजय चौरसिया कानुन न्याय तथा संसदीय मामिला, बद्री प्रसाद पाण्डे पर्यटन, रामनाथ अधिकारी कृषि मन्त्री बनेका छन् ।
यता, विद्या भट्टराई शिक्षा विज्ञान तथा प्रविधि मन्त्री, मानवीर राई रक्षादीपक खड्का जलस्रोत तथा ऊजा, राजकुमार गुप्ता संघीय मामिला तथा सामान्य मन्त्री, ऐनबहादुर शाही ठकुरी वन तथा वातावरण मन्त्री बनेका छन् । उनीहरुले राष्ट्रपति रामचन्द्र पोडेल समक्ष पद तथा गोपनियताको शपथ लिएका छन् ।













