बोनस सेयर प्रस्तावसहित सूर्योदय वोमी लघुवित्तले बोलायो साधारणसभा « Arthapath.com
१० श्रावण २०८१, बिहीबार

बोनस सेयर प्रस्तावसहित सूर्योदय वोमी लघुवित्तले बोलायो साधारणसभा



काठमाडौं । सूर्योदय वोमी लघुवित्तले बोनस सेयर प्रस्तावसहित वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको बाह्रौँ वार्षिक साधारणसभा आगामी साउन ३२ गते, शुक्रबार, महालक्ष्मी नगरपालिका वडा नं. ८, लुभु स्थित लुभु पार्टी प्यालेस एण्ड क्याटेरिङ्ग सेण्टर दिउँसो १२:३० मा शुरु हुनेछ।

सभामा थप सार्वजनिक निष्कासन (एफपीओ) पछि कायम ९१ करोड ५४ लाख ५५ हजार ४६३ रुपैयाँ चुक्ता पुँजीमा १४ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश हुनेछ । एफपीओ हात पार्नेले पनि प्रस्तावित बोनस सेयर पाउने भएका छन् ।

सभामा, नेपाल राष्ट्र बैंकको स्वीकृति बमोजिम संस्थापक सेयरलाई सर्वसाधारणमा परिवर्तन गरी कम्पनीको संस्थापक र सर्वसाधारण समूहको सेयर स्वामित्वलाई प्रबन्धपत्रमा संशोधन गरी पुँजी संरचना परिवर्तन गर्ने प्रस्ताव पनि पेश हुनेछ ।

साथै, अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्नुपरेमा सम्पूर्ण कार्यको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ । कम्पनीले साउन २४ गते बुक क्लोज गर्ने भएकाले साउन २३ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।


प्रतिक्रिया दिनुहोस्