भाेली मौद्रिक नीति जारी हुने, राष्ट्र बैंकले डाक्यो संचालकको बैठक « Arthapath.com
१० श्रावण २०८१, बिहीबार

भाेली मौद्रिक नीति जारी हुने, राष्ट्र बैंकले डाक्यो संचालकको बैठक



काठमाडौं । नेपाल राष्ट्र बैंक चालु आर्थिक वर्ष २०८१/८२ को वार्षिक मौद्रिक नीति जारी गर्ने अन्तिम तयारीमा जुटेको छ ।

भोलि अर्थात् साउन ११ गते शुक्रबार चालु आवको वार्षिक मौद्रिक नीति जारी तयारी भएको हो ।

राष्ट्र बैंकका अनुसार मौद्रिक नीति जारी गर्न सबै तयारी पुरा भएको छ । अघिल्लो शुक्रबार जारी गर्ने भनिएको थियो । तर, तयारी नपुगेको भन्दै नेपाल राष्ट्र बैंकले साउन पहिलो साता मौद्रिक नीति जारी गर्न सकेन ।

अनुमान गरिएको भन्दा एक सातामा पछि आउन लागेको मौद्रिक नीतिको सम्पूर्ण तयारी सकिएको छ । मौद्रिक नीति पारित गर्न शुक्रबार बिहान नेपाल राष्ट्र बैंक संचालक समितिको बैठक बस्ने भएको छ ।

चालु आवको मौद्रिक नीति शुक्रबार नै जारी हुने नेपाल राष्ट्र राष्ट्र बैंक स्रोतले बताएको छ । मौद्रिक नीतिबारे आवश्यक छलफलका लागि बैठक बोलाइएको स्रोतले बताए । उनका अनुसार शुक्रबार बिहान ८ बजे संचालको बैठकले पारित गरेपछि नीति जारी हुने छ । ‘चालु आवको मौद्रिक नीति शुक्रबार जारी हुने भएको छ ।

नीति पारित गर्न संचालक समितिको बैठक पनि डाएिको छ । बिहान ८ बजेको बैठकले पारित गरेपछि जारी हुनेछ’, संचालक स्रोतले बतायो ।

यो पटकको मौद्रिक नीतिलाई निकै चासोको साथ हेरिएको छ । सेयर लगानीकर्ता, घरजग्गा व्यवासायीदेखि निजी क्षेत्र मौद्रिक नीतिको पखाईमा छन् । यो पटक सेयर बजार, घरजग्गादेखि लगायतका क्षेत्रमा खुकुलो नीति लिने अनुमान गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री विष्णु पौडेल र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पनि सार्वजनिक रुपमा अर्थतन्त्र चलायमा हुने गरि खुकुलो नीति लिइने बताउँदै आएका छन् । यसले पनि मौद्रिक नीति लचिलो नै हुने अनुमान गरिएको छ ।

सेयर बजार, घरजग्गा, अटोमोबाइल लगायत समग्रमा अर्थतन्त्र चलायमान बनाउने गरि मौद्रिक नीति आउने अपेक्षा गरिएको छ ।

समष्टिगत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक क्रियाकलाप विस्तारमा सहयोग पुर्याउन देशको केन्द्रीय बैंकले तर्जुमा गर्ने नीति नै मौद्रिक नीति हो ।

मौद्रिक नीतिले मुद्रा प्रदाय, कर्जा र व्याजदरको व्यवस्थापन मार्फत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक वृद्धि तथा रोजगारी सृजनामा सहयोग पुर्याउने उद्देश्य राखेको हुन्छ ।


प्रतिक्रिया दिनुहोस्