ओली सरकारले बनायो नेपालको पहिलो महिला मुख्यसचिव « Arthapath.com
१९ असार २०८२, बिहीबार

ओली सरकारले बनायो नेपालको पहिलो महिला मुख्यसचिव



काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले पहिलो पटक महिला मुख्यसचिव बनाएको छ । देशभरका कर्मचारी प्रशासनको नेतृत्व पहिलो पटक महिलालाई दिइएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषदको बैठककले देशकाे मुख्यसचिवमा कामु मुख्यसचिव रहेकी लिलादेवी गडतौलालाई पदाेन्नती गर्ने निर्णय गरेको हो ।

उनी यसअघि कायममुकायम मुख्यसचिवको जिम्मेवारीमा रहेकी थिइन् । भ्रष्टचार मुद्दामा बैकुण्ठ अर्याल निलम्बनमा परेपछि गडतौलालाई कामु मुख्यसचिवको जिम्मेवारी दिइएको थियो ।

गड्ताैला उमेरहदकाे कारण आगामी भदाै १५ गतेसम्म मुख्यसचिव रहनेछिन् ।


प्रतिक्रिया दिनुहोस्