गुराँस लघुवित्तका नाफासँगै अधिकांश सूचकमा उछाल « Arthapath.com
१३ श्रावण २०८१, आईतवार

गुराँस लघुवित्तका नाफासँगै अधिकांश सूचकमा उछाल



काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म गुराँस लघुवित्त वित्तीय संस्थाको खुद नाफामा उछाल आएको छ । संस्थाको आम्दानीमा पनि उल्लेख्य प्रगति भएको छ । चौथो त्रैमाससम्ममा २ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा १४४९ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोही अवधिमा संस्थाले १६ लाख ७६ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो ।

संस्थाको खुद ब्याज आम्दानीमा पनि वृद्धि भएको छ । सो अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी ४७.९४ प्रतिशतले बढेर ८ करोड २८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिसम्म संस्थाले ५ करोड ६० लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको थियो ।

सञ्चालन मुनाफा पनि १ हजार ४१८ प्रतिशतले बढेको छ । संस्थाले ३ करोड ६० लाख रुपैयाँबराबरको आर्जन गरेको छ । यस्तै संस्थाको कमिशन आम्दानी ३० लाख ९३ हजार रुपैयाँ र अन्य सञ्चालन आम्दानी २ करोड ९६ लाख रुपैयाँ रहेको छ ।

यस अवधिमा ३४ करोड ९४ लाख निक्षेप संलकन गरेर १ अर्ब ६८ करोड रुपैयाँ कर्जा प्रवाह रहेको छ । ६.३६ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर २.४६ प्रतिशतमा सीमित बनेको छ ।

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस) २५.६१ रुपैयाँ,प्रतिसयर नेटवर्थ १४६.५२ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ७५८.६६ रुपैयाँ,मूल्य आम्दानी अनुपात ७१.२२ गुणा र तरलता अनुपात ६.५१ प्रतिशत रहेको छ ।

१० करोड १४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ४ करोड ७१ लाख रुपैयाँ सञ्चित छ।


प्रतिक्रिया दिनुहोस्