बढ्यो लघुवित्तले ग्राहक संरक्षण कोषमा राख्नुपर्ने रकम, अब नाफाको ३ प्रतिशतसम्म जम्मा गर्नुपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्तहरुले खुद नाफाबाट ग्राहक सरक्षण कोषमा राख्नुपर्ने रकम बढाएको छ ।
अब लघुवित्त वित्तीय संस्थाहरुले आगामी तीन वर्षसम्म खुद नाफाको ३ प्रतिशतसम्मको रकम ऋणीहरुको हितमा गर्न गर्नुपर्ने भएको छ ।
ऋणीहरुको हितमा खर्च गर्नेगरि अलग्गै ग्राहक संरक्षण कोषमा खुद नाफाको ३ प्रतिशतसम्मको रकम जम्मा गर्नुपर्ने भएको हो । नेपाल राष्ट्र बैंकले आइतबार एकीकृत निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको छ । हाल खुद नाफाको १ प्रतिशत रकम यस्तो कोषमा राख्नुपर्ने व्यवस्था छ । आगामी वर्ष २०८२ असारमा भने १.५ प्रतिशत, २०८३ असार २ प्रतिशत र २०८४ मा ३ प्रतिशत रकम कोषमा जम्मा गर्नुपर्न भएको हो ।
वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) वितरणको प्रस्ताव गरेमा १० प्रतिशतभन्दा माथिको प्रस्तावित लाभांशको ३५ प्रतिशत रहेने रकम कोषमा राख्नुपर्ने प्रावधान छ ।
यस्तो छ राष्ट्र बैंकको एकीकृत निर्देशन
Circular-1-For-MFIs-Final