राष्ट्र बैंकका विभागीय प्रमुखहरुको जिम्मेवारी हेरफेर, को कहाँ पुगे ? « Arthapath.com
१४ श्रावण २०८१, सोमबार

राष्ट्र बैंकका विभागीय प्रमुखहरुको जिम्मेवारी हेरफेर, को कहाँ पुगे ?



काठमाडौं । नेपाल राष्ट्र बैंकमा विभागीय प्रमुखहरुको जिम्मेवारी हेरफेर गरिएको छ । केन्द्रिय बैंकले केही कार्यकारी निर्देशक र निर्देशकहरुको जिम्मेवारी हेरफेर गरेको हो ।

राष्ट्र बैंकका अनुसार कार्यकारी निर्देशक डा. गुणाकर भट्टको आर्थिक अनुसन्धान विभागमा सरुवा भएको छ । यसअघि डा. भट्ट भुक्तानी प्रणाली विभागमा थिए ।

यसअघि आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठ थिए । श्रेष्ठ राष्ट्रिय योजना आयोगको सदस्यका रुपमा नियुक्त भएसँगै उनको ठाउमा भट्टलाई लगिएको हो ।

यस्तै, भुक्तानी प्रणाली विभागमा भने विनोदराज आचार्यको सरुवा भएको छ। संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागका निर्देशक आचार्यलाई सरुवा गरिएको गरिएको छ।

यस्तै मानव संसाधन व्यवस्थापन विभागका निर्देशक विनोदराज लेखकलाई संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागमा सुरुवा गरिएको छ।


प्रतिक्रिया दिनुहोस्