मौद्रिक नीतिका व्यवस्था कार्यान्वयन सुरु, अब असल कर्जामा १.१० प्रतिशत मात्र प्रोभिजन गरे पुग्ने « Arthapath.com
१७ असार २०८२, मंगलबार

मौद्रिक नीतिका व्यवस्था कार्यान्वयन सुरु, अब असल कर्जामा १.१० प्रतिशत मात्र प्रोभिजन गरे पुग्ने



काठमाडौं । मौद्रिक नीतिको व्यवस्थाहरुको कार्यान्वयन हुरु भएको छ । नेपाल राष्ट्रले चालु आर्थिक वर्षको वार्षिक मौद्रिक नीति मार्फत उल्लेख भएका व्यवस्थाहरुलाई कार्यान्वयनका लागि सर्कुलर जारी गरेको हो ।

बुधार जारी एक सर्कुलर मार्फत असल कर्जामा १.१० प्रतिशत मात्र प्राभिजन गरे पुग्ने भएको छ । बैंक तथा वित्तीय संस्थाले अब असल कर्जामा १.१० प्रतिशत मात्रै प्रोभिजन गरे पुग्ने भएको हो । यसअघि भने यस्तो कर्जामा १.२० प्रतिशत प्रोभिजन गर्नुपर्ने व्यवस्था रहेको थियो ।

जारी निर्देशनमा भनिएको छ,‘१ वर्षभन्दा बढी ग्रेस अवधि भएका ऊर्जा लगायतका पूर्वाधार निर्माणसँग सम्बन्धित परियोजनाहरूमा प्रवाहित असल कर्जाको ग्रेस अवधिसम्म प्रत्येक वर्ष समानुपातिक रूपमा कर्जा नोक्सानी व्यवस्था गरी अन्तिम वर्ष १.१० प्रतिशत सामान्य कर्जा नोक्सानी व्यवस्था कायम गर्न सकिनेछ ।’

कुनै कर्जाको ग्रेस अवधि ४ वर्ष रहेछ भने त्यस्तो कर्जाका लागि पहिलो वर्ष ०.२७५ प्रतिशत, दोस्रो वर्ष ०.५५ प्रतिशत, तेस्रो वर्ष ०.८२५ प्रतिशत र चौथो वर्षदेखि १.१० प्रतिशत साधारण कर्जा नोक्सानी व्यवस्था कायम गर्न सकिने व्यवस्था गरेको हो ।

यस्तै, बैंकदर पनि ६.५ प्रतिशत कायम भएको छ। यता, नीतिगत दर ५ प्रतिशतमा झरेको छ।

विस्तृतका लागि हुर्नहोस् केन्द्रिय बैंकको सर्कुलर

638580583037627715


प्रतिक्रिया दिनुहोस्