११ श्रावण २०८३, सोमबार

आधा दर्जन म्युचुअल फण्डको लाभांश घोषणा, कसले कति दिने ?

आधा दर्जन म्युचुअल फण्डको लाभांश घोषणा, कसले कति दिने ?



काठमाडौं । सामूहिक लगानी कोष (म्युचुअल फन्ड) ले लाभांश घोषण सुरु गरेका छन् । हालसम्म आधा दर्जन फन्डहरुले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेका हुन् ।

हालसम्म ७ वटा फन्डहरुले लाभांश घोषणा गरेका हुन् । घोषणा भएकामध्ये एनआइसी एशिया सेलेक्ट ३०ले १४ प्रतिशत दिने भएको छ ।

यस्तै, एनआइसी एशिया फ्लेक्सी क्यापको १०.५० प्रतिशत, एनआइसी एशिया डाइनामिक फन्ड १० प्रीतशत प्रतिफल घोषणा गरेका छन् ।

यता, एनआइसी एशिया ग्रोथ फन्डले ९.५० प्रतिशत, एनआइसी एशिया ब्यालेन्स फन्ड ९.२५ प्रतिशत, लक्ष्मी भ्यालु फन्ड–२ ले ४.५ प्रतिशत र लक्ष्मी उन्नति कोषले ७.५ प्रतिशत लाभांश दिने घोषणा गरेका छन् ।