बिजनेस ग्रोथमा अब्बल महालक्ष्मी विकास बैंकको नाफा आकर्षक वृद्धि: इपिएस पनि बढ्यो, लाभांश क्षमता कति ?

काठमाडौं । महालक्ष्मी विकास बैंकको नाफा साढे २४ प्रतिशत बढेको छ । गत वर्ष बैंकले कुल ४७ करोड १ लाख ४१ हजार रुपैयाँ खुद नाफा कमाएको हो ।
यो नाफा अघिल्लो आवको तुलनामा २४.५२ प्रतिशत बढी हो । अघिल्लो आवमा पनि बैंकले ३७ करोड ७५ लाख ५४ हजार रुपैयाँ नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी १ अर्ब ९३ करोड १६ लाख रुपैयाँ कायम भएको छ । यस्तै, बैंकको संचालन नाफा १८.६८ प्रतिशत बढेर ६७ करोड ७५ लाख रुपैयाँ कायम भएको छ।
गत वर्ष बैंकले आफ्ना सेयरधनीहरुलाई ४.२५ प्रतिशत लाभांश दिन सक्ने सामर्थ्य बनाएको छ। गत वर्ष बैंकले १७ करोड ७१ लाख ३७ हजार रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको छ । हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब १७ करोड १३ लाख रुपैयाँ छ । बैंकको जगेडा तथा कोषमा भने ५५ अर्ब २१ करोड २ लाख रुपैयाँ छ ।
बैंकको प्रतिसेयर आम्दानी (इपिएस) पनि २ रुपैयाँ २२ पैसा बढेर ११ रुपैयाँ २७ पैसा पगेको छ । प्रतिसेयर नेटवर्थ भने १६० रुपैयाँ ४४ पैसा छ ।
तर, बैंकको बिजेनस ग्रोथ भने राम्रो देखिएको छ। गत वर्ष बैंकको कुल निक्षेप संकलन ७.२१ प्रतिशत बढेर ५५ अर्ब २१ करोड २ लाख रुपैयाँ पुगेको छ। यता, कर्जा लगानी पनि ८.८६ प्रतिशत बढेर ४० अर्ब ४३ करोड ३७ लाख रुपैयाँ कायम भएको छ।