मेरो माइक्रोफाइनान्सको अधिकांश सूचकमा उल्लेख्य प्रगति, कति छ लाभांश क्षमता ? « Arthapath.com
२३ श्रावण २०८१, बुधबार

मेरो माइक्रोफाइनान्सको अधिकांश सूचकमा उल्लेख्य प्रगति, कति छ लाभांश क्षमता ?



काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । गत आर्थिक वर्षको अन्त्यसम्म संस्थाको नाफासहित अधिकांश सूचकमा चमक देखिएको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म संस्थाले २१ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६२.५९ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ४ करोड ७४ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो।

संस्थाको खुद ब्याज आम्दानी १४.०६ प्रतिशतले बढेर ८७ करोड ४८ लाख ४७ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा संस्थाको खुद ब्याज आम्दानी ७६ करोड ७० लाख रुपैयाँ रहेको थियो ।

संस्थाको सञ्चालन नाफामा पनि आकर्षक वृद्धि देखिएको छ । सञ्चालन नाफा ३५२.७४ प्रतिशतले बढेर ३१ करोड ३१ लाख १७ हजार रुपैयाँ पुगेको छ ।

यसको वितरणयोग्य नाफा १९ करोड ६२ लाख ३१ हजार रुपैयाँ देखिएको छ । उक्त रकमबाट यसले १४.८७ प्रतिशत लाभांश वितरण गर्न सक्छ ।

समीक्षा अवधिमा १२ करोड ५४ लाख २० हजार रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यो अवधिसम्म घटेर १ करोड ९४ लाख ६९ हजार रुपैयाँ सीमित भएको छ ।

१ अर्ब ३२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ७९ करोड ८९ लाख रुपैयाँ सञ्चित छ।

यसको प्रतिसेयर आम्दानी १६.६३ रुपैयाँ र प्रतिसेयर नेटवर्थ भने १६०.५३ रुपैयाँ छ । एनपीएल ७.६८ प्रतिशत कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्