यसकारण बढ्यो युनिक नेपाल लघुवित्तको नाफा, प्रतिसेयर आम्दानी कति ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

यसकारण बढ्यो युनिक नेपाल लघुवित्तको नाफा, प्रतिसेयर आम्दानी कति ?



काठमाडौं । युनिक नेपाल लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा आफ्नो नाफा बढाएको छ । गत आर्थिक वर्षको अन्त्यसम्म संस्थाले सञ्चालन आम्दानी उल्लेख्य बढाएसँगै नाफा पनि बढाएको हो ।

समीक्षा अवधिसम्म संस्थाको नाफा २२.८८ प्रतिशतले बढेर ४ करोड ७९ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा संस्थाले ३ करोड ९० लाख रुपैयाँ नाफा कमाएको थियो ।

यसअवधिमा सञ्चालन आम्दानी ८१.४५ प्रतिशतले बढेर १७ करोड ११ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा संस्थाले ९ करोड ४३ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।

यस कम्पनीको इम्पेयरमेन्ट चार्ज पनि ९ करोड ५९ लाख रुपैयाँबाट घटेर १ करोड १६ लाखमा झरेको छ ।

खुद ब्याज आम्दानी भने ६.५६ प्रतिशतले घटेर २५ करोड रुपैयाँमा झरेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले २६ करोड ७५ लाख रुपैयाँ खुद ब्याज आम्दनी कमाएको थियो ।

कम्पनीको खराब कर्जा पनि घटेको छ । खराब कर्जा १४.७१ प्रतिशतबाट घटेर १२.७४ प्रतिशतमा झरेको छ ।

असार मसान्तसम्म आइपुग्दा यसको चुक्ता पुँजी १४ करोड ८५ लाख ७५ हजार रुपैयाँ छ भने जगेडा कोषमा १९ करोड ५५ लाख रुपैयाँ सञ्चित छ । यसको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ०१ रुपैयाँले बढेर ३२ रुपैयाँ २८ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ ३३४ रुपैयाँ ३८ पैसा छ ।


प्रतिक्रिया दिनुहोस्