८ श्रावण २०८३, शुक्रबार

सिद्धार्थ प्रिमियरको लोभलाग्दो ग्रोथ: नाफा साढे ८२ प्रतिशत बढ्यो, इपिएस पनि वृद्धि



काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको वित्तीय प्रगति लोभलाग्दो देखिएको छ । एकै वर्ष कम्पनीको खुद नाफा साढे ८२ प्रतिशत बढेको छ ।

कम्पनीले बुधवार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०–८१ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । गत आवमा कम्पनीले ६९ करोड २३ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा अघिल्लो आवको तुलनामा ८२.५२ प्रतिशत बढी हो । अघिल्लो आवमा पनि कम्पनीले ३७ करोड ९३ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

गत वर्ष कम्पनीको खुद बीमा शुल्क आर्जन पनि ७८.१२ प्रतिशत बढेर १ अर्ब ९८ करोड ८४ लाख रुपैयाँ पुगेको छ। यता, खुद दावी भुक्तानी पनि ६१.८२ प्रतिशत बढेर १ अर्ब ५ करोड २९ लाख ६६ हजार रुपैयाँ कायम भएको छ ।

गत वर्ष कम्पनीले कुल आम्दानी पनि ५१.३४ प्रतिशत बढाएर ३ अर्ब ५ करोड ३५ लाख रुपैयाँ पुर्याएको छ ।यता, कुल खर्च भने २ अर्ब ५३ लाख रुपैयाँ कायम भएको छ ।

कम्प्नीको प्रतिसेयर आम्दानी (इपिएस) पनि ११ रुपैयाँ १५ पैसा बढेर २४ रुपैयाँ ६७ पैसा कायम भएको छ। यता, प्रतिसेयर नेटवर्थ भने २७३ रुपैयाँ ५० पैसा कायम छ ।

हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ८० करोड ६५ लाख रुपैयाँ राखेको छ । कम्पनीको विशेष जगेडा कोषमा भने पनि २ अर्ब ५० करोड, महाविपत्ती कोषमा १८ करोड ९१ लाख र रिटेन अर्निङमा १ अर्ब ११ करोड ७३ लाख रुपैयाँ राखेको छ । कम्पनीको अन्य इक्विटी १ अर्ब ६ करोड २२ लाख रुपैयाँ छ।


प्रतिक्रिया दिनुहोस्