सोनापुर मिनरल्स ४६ करोड ९२ लाख नोक्सानमा
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले ४६ करोड ९२ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ। आम्दानी घटेसँगै कम्पनीघाटा व्यहोरेको हो । कम्पनी गत आर्थिक वर्ष ४६ करोड ९२ लाख रुपैयाँ नोक्सानीमा छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा संस्थाले २ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
सो अवधिसम्म कम्पनीको सञ्चालन आम्दानी ५.२२ प्रतिशतले घटेर १ अर्ब ६३ करोड ९९ लाख रुपैयाँमा खुम्चिएको छ। अघिल्लो आर्थिक वर्ष कम्पनीको सञ्चालन आम्दानी १ अर्ब ७३ करोड रुपैयाँ थियो।
समीक्षा अवधिमा कम्पनीको कुल नाफा ७९.९७ प्रतिशत घटेका छ भने अन्य आम्दानी ९९.१२ प्रतिशत घटेको छ। सो अवधिसम्ममा कम्पनीको सञ्चालन मुनाफा १३ करोड ४६ लाख रुपैयाँ ऋणात्मक रहेको छ।
३ अर्ब ७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा २९ करोड २१ लाख रुपैयाँ रहेको छ। गत असार मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी १५ रुपैयाँ २६ पैसा ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ १६३ रुपैयाँ २४ पैसा रहेको छ।













