साताको सेयर बजार : यी हुन् सर्वाधिक कमाउने ५० कम्पनी, ४३% सम्म बढ्यो मूल्य « Arthapath.com
२६ जेष्ठ २०८२, सोमबार

साताको सेयर बजार : यी हुन् सर्वाधिक कमाउने ५० कम्पनी, ४३% सम्म बढ्यो मूल्य



काठमाडौं । यस साता सेयर बजारमा उछाल आएको छ । यस साता सेयर बजारमा एक दिन मात्र करेक्सन देखिएको छ । बाँकी समय सेयर बजार मापक नेप्से उच्च अंकले बढेको छ । साताभर नेप्से परिसूचक ८.४७ प्रतिशत अर्थात् २३४.४३ अंकले बढेको छ ।

अघिल्लो साता १०.७६ अंकले मात्र बढेको बजारमा यस साता व्यापक बढोत्तरी देखिएको छ । अघिल्लो साता २७.६६.३८ बिन्दुमा बन्द भएको बजार यस साता बढेर ३०००.८१ बिन्दुमा बन्द भएको छ ।

साताको पहिलो कारोबार दिन आइतबार नेप्से ९४.४६ अंकले बढ्यो । सोमबार सेयर बजार ७०.८१ अंकले बढेको बजार मंगलबार भने सामान्य अंक अर्थात् ८.८१ अंकले घट्यो । त्यस्तै बुधबार र बिहीबार क्रमश: ३४.२९ अंक र ४३.०५ अंकले बढ्यो ।

सेयर साता कारोबार रकमले नयाँ कीर्तिमानी बनाएको छ । बिहीबार झन्डै ३० अर्ब रुपैयाँको कारोबार भएर नयाँ रेकर्ड राखेको हो । यो साता पुँजी बजारमा २५ करोड ८ लाख ४० हजार ९८७ कित्ता सेयर १ खर्ब २५ अर्ब ६५ करोड ८३ लाख ३७ हजार रुपैयाँ किनबेच भयो । सेयर बजारमा दैनिक औसत २५ अर्ब १३ करोड १६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

अघिल्लो बिहीबार ४३ खर्ब ९१ अर्ब ९ करोड रुपैयाँ रहेको बजार पुँजीकरण यस साता ४७ खर्ब ६५ अर्ब ९० करोड रुपैयाँ पुगेको छ । बजारमा सामान्य वृद्धि हुँदा लगानीकर्ताको कुल सम्पत्ति ३ खर्ब ७४ अर्ब ८१ करोड रुपैयाँले बढेको छ।

बजार बढ्दा लगानीकर्ता मालामाल

सेयर बजारमा व्यापक बढोत्तरी भएसँगै लगानीकर्ताले पनि उल्लेख्य नाफा कमाएका छन् । यस साता अघिकांश कम्पनीको सेयरमूल्य बढेका छन् । समीक्षा अवधिको दुवै दिन कारोबार मा आएका १४३ कम्पनी (म्युचुअल र ऋणपत्र बाहेक) मध्ये १९९ कम्पनीको सेयर मूल्य बढेका छन् । जसमध्ये पनि ५० कम्पनीको सेयर मूल्य १५ प्रतिशतभन्दा धेरैले बढेका छन् ।
यी कम्पनीहरूको मूल्य अधिकतम ४३.४५ प्रतिशतसम्म बढेका छन् । यस साता सर्वाधिक मूल्य बढ्ने कम्पनीमा हिमाल दोलखा हाइड्रोपावर कम्पनी रहेको छ । जसको सेयर मूल्य ४३.४५ प्रतिशतले बढेको छ । अघिल्लो बिहीबार १८४.८ रुपैयाँ रहेको यस कम्पनीको सेयर मूल्य समीक्षा अवधिमा २६५.१ रुपैयाँ पुगेको छ ।

यस साता सर्वाधिक मूल्य बढ्ने कम्पनीहरू नेसनल हाइड्रोपावर, गुडवील फाइनान्स, अपि पावर, आँखु खोला जलविद्युत कम्पनी, अप्पर तामाकोशी हाइड्रोपावर, अरुण कावेली पावर, अरुण भ्याली हाइड्रोपावर, शिव श्री हाइड्रोपावर छन् । यी कम्पनीको सेयर मूल्य एक सातामा ३० प्रतिशतभन्दा बढी महंगिएको छ ।

४४ कम्पनीको मूल्य घट्यो

४४ कम्पनीको सेयर मूल्य भने घटेको छ । जसमा सबैभन्दा धेरै कुथेली बुखरी हाइड्रोपावरको २०.१८ प्रतिशतले घटेको छ । अघिल्लो बिहीबार २७२६ रुपैयाँको उचाईमा २१७६ रुपैयाँमा झरेको छ । हाइड्रोपावरमध्येमै सर्वाधिक महँगो यो कम्पनीको सेयर मूल्य सर्वाधिक घटेको हो ।

त्यसैगरी, मैलुङ खोला जलविद्युतको १०.६५ प्रतिशतले घटेर ५७६.३ रुपैयाँमा झरेको छ अघिल्लो बिहीबार कम्पनीको सेयर मूल्य ६४५ रुपैयाँ रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्