प्रभु महालक्ष्मी, सानिमा रिलायन्स र नेशनल लाइफका अभिकर्ता मख्ख, कसले कति बढाए कमिसन ?
काठमाडौं । जीवन बीमा कम्पनीहरुको अभिकर्ता कमिसन खर्च साढे ५ प्रतिशत बढेको छ । एकै वर्ष कम्पनीहरुले अभिकर्ताहरुका लागि १३ अर्ब बढी खर्चिएका छन् ।
हाल संचालनमा रहेका १४ वटा ठुला जीवन बीमा कम्पनीहरुले प्रकाशन गरेको गत आर्थिक वर्ष २०८०–८१ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
गत आवमा कम्पनीहरुले अभिकर्ता कमिसनका लागि १३ अर्ब १२ करोड ६५ लाख रुपैयाँ खर्चिएको छन् । जुन अघिल्लो आवको तुलनामा भने ५.५५ प्रतिशत हो । अघिल्लो आवमा पनि कम्पनीहरुले १२ अर्ब ४३ करोड ५९ लाख रुपैयाँ बढी रकम खर्चिएका थिए ।
गत आवमा अधिकांश कम्पनीहरुको अभिकर्ता कमिसन खर्च घटेको देखिन्छ। ६ वटा कम्पनीले यस्तो शीर्षकको खर्च घटाएका छन् । कम्पनीको समग्र व्यापारमा वृद्धिदर न्युन नै रहेकाले त्यसकै प्रभाव अभिकर्ता कमिसनमा देखिएको बताइन्छ । आर्थिक शिथिलता लगायतका कारण कम्पनीको व्यापार ग्रोथ एकल अंकमै छ ।
अभिकर्ता कमिसन खर्च सबैभन्दा धेरै प्रभु महालक्ष्मीले बढाएको छ । अघिल्लो आवको तुलनामा कम्पनीले ७२.५५ प्रतिशत बढार ४८ करोड ९५ लाख रुपैयाँ पुर्याएको छ । दोस्रो धेरै भने सानिमा रिलायन्सले ४९.८८ प्रतिशत बढाएको छ । अघिल्लो आवमा ४३ करोड ५७ लाख रुपैयाँ खर्चिएको कम्पनीले गत आवमा भने ६५ करोड ३१ लाख रुपैयाँ अभिकर्ताका लागि खर्चिएको छ ।
यता, नेशनल लाइफको अभिकर्ता कमिसन पनि १५.८५ प्रतिशत र सूर्यज्योति लाइफको १४.२२ प्रतिशत वृद्धि भएको देखिन्छ ।
रकमका आधारमा भने सबैभन्दा धेरै खर्च नेपाल लाइफको ३ अर्ब १८ करोड १६ लाख रुपैयाँ छ । दोस्रो स्थानमा रहेको नेशनल लाइफले पनि १ अर्ब ८३ करोड ३० लाख बढी रकम खर्चिएको छ । गत आवमा अभिकर्ताका लागि अर्ब बढी खर्च गर्नेको सूचीमा एलआइसी नेपाल ( १ अर्ब ३९ करोड ४१ लाख), हिमालयन लाइफ ( १ अर्ब ३८ करोड ५४ लाख)रहेका छन् ।
गत आवमा सिटिजन लाइफको यस्तो खर्च १०.२ प्रतिशत, सन नेपालको ५.८६ प्रतिशत, रिलायवल नेपालको ४.३४ प्रतिशत, एनआइसीको २.८७ प्रतिशत, हिमालयनको २.१९ प्रतिशत र आइएमई लाइप्mको ०.९ प्रतिशत घटेको देखिन्छ । यी बाहेकका अन्य कम्पनीहरुको अभिकर्ता कमिसन खर्च बढेको छ।
कसले कति खर्चिए ?














