सीजी मोटर्सले एकै पटक हस्तान्तरण गर्यो १५ वटा किङ्गलङ्ग १४ सिटर इलेक्ट्रिक भ्यान « Arthapath.com
२४ असार २०८२, मंगलबार

सीजी मोटर्सले एकै पटक हस्तान्तरण गर्यो १५ वटा किङ्गलङ्ग १४ सिटर इलेक्ट्रिक भ्यान



काठमाडौं । चौधरी ग्रुप अन्तर्गत सीजी मोटर्सले नेपाली बजारमा बिक्री वितरण गर्दै आइरहेको किङ्गलङ्ग १४ सिटर इलेक्ट्रिक भ्यान हस्तान्तरण गरेको छ ।

काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी स्मार्ट सिटी यातायात प्रा. लि. यातायात व्यवसायी प्रा.ली.लाई एकैपटकमा १५ वटा किङ्गलङ्ग १४ सिटर इलेक्ट्रिक माइक्रो भ्यान हस्तान्तरण गरेको हो।

एकै पटक यति धेरै गाडी हस्तान्तरण गर्न पाउँदा सीजी मोटर्सका महाप्रबन्धक दिनेश पाण्डे खुसी व्यक्त गरे । वातावरण संरक्षण तर्फ लिनुभएको सो कदमलाई सिजि मोटर्सले धन्यवाद समेत दिएको छ ।

इलेक्ट्रिक माइक्रो भ्यानहरुले अत्याधिक खर्चहरु पूर्ण रुपमा कटौती गर्ने सिजीले जनाएको छ। यसका साथै धेरै भन्दा धेरै बचतको बाटो खोलिदिएको जनाएको छ । प्रति किलोमिटरको अपरेटिङ्ग कष्ट को हिसाब गर्ने नै हो भने २ रुपैयाँ भन्दा पनि कम हुन आउँने बताए । जसकारण हाम्रो यातायात व्यवसायीहरुले न्युनतम खर्चमा धेरै आम्दानी गर्न सकिन्छ।

किङ्गलोङ्ग १४ सिटर इलेक्ट्रिक कमर्सियल भेहिकलमा ५०.२३ किलोवाटको ब्याट्री पाउन सकिन्छ। यसका साथै उक्त गाडीमा ए.बि.एस., इ.बि.डि., १८० एम.एम. ग्राउण्ड क्लेरेन्स, १५ इन्चको टाएर, रिभर्स क्यामेरा, रिभर्स क्यामेरा विथ सेन्सर, ए.सि. जस्ता विशेषताहरु पाउन सकिन्छ ।

उक्त गाडीलाई २०% बाट ८०% चार्ज गर्न मात्र ४५ मिनेट लाग्दछ। ग्राहकहरूको माग अनुसार किङलङको पानीपोखरी सोरुमसँगै नेपालभर थप २१ वटा सोरुमबाट सेल्स तथा सर्भिसिङको सुविधा लिन सकिनेछ।

काठमाडौँमा तीन स्थानबाट सर्भिसिङको पनि सुविधा लिन सकिनेछ। नेपालभर १९१ भन्दा धेरै स्थानहरूमा चार्जिङ सेवा दिँदै आइरहेको र थप उतिकै ठाउँमा चार्जिङ सुविधा बिक्री वितरण हुनेछ ष्


प्रतिक्रिया दिनुहोस्