८ श्रावण २०८३, शुक्रबार

प्रभु महालक्ष्मी लाइफले १०.५२ प्रतिशत लाभांश दिने, हकप्रद सेयर पनि परिमार्जन



काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले आफ्ना सेयरधनीहरुलाई १०.५२ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०७९-८० को नाफाबाट १० प्रतिशत बोनस सेयर र ०.५२ प्रतिशत नगद (कर तिर्न) लाभांश दिने भएको हो ।

कम्पनीको भदौ ७ गते बसेको सञ्चालक समिति बैंठकले यस अघि घोषणा गरेको हकप्रद सेयरको दर पनि घटाएको छ । कम्पनीले यसअघि १७ प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको थियो । तर, यसलाई परिमार्जन गरी ७ प्रतिशत मात्र हकप्रद सेयर जारी गर्ने भएको छ ।

नेपाल बीमा प्राधिकरणले तोकेको ५ अर्ब चुक्ता पुँजी पुर्याउन १० प्रतिशत बोनस सेयर प्रश्चात ७ प्रतिशत मात्र हकप्रद जारी गरे पुग्ने छ । अब बीमा प्राधिकरणले उक्त प्रस्ताव स्वीकृति गरेपछि यस कम्पनीको आगामी साधारण सभामा पेश हुनेछ ।


प्रतिक्रिया दिनुहोस्