अपि पावरको लाभांश घोषणा, बोनस कति ? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

अपि पावरको लाभांश घोषणा, बोनस कति ?



काठमाडौं । अपि पावर कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश घोषणा गरेको छ। कम्पनीको भदौ ७ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को खुद मुनाफाबाट ९.४७३७ प्रतिशत लाभांश घोषणा गरेको हो।

जसमा ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.४७३७ प्रतिशत नगद लाभांश रहेको छ ।

उक्त लाभांश विद्युत नियमन आयोगको स्वीकृति र आगामी बस्ने कम्पनीको वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले प्राप्त गर्नेछन।


प्रतिक्रिया दिनुहोस्