उर्जा मन्त्रालयको वरिष्ठ उर्जा विज्ञमा प्रवल अधिकारी नियुक्त
काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको वरिष्ठ उर्जा विज्ञमा प्रवल अधिकारी नियुक्त भएका छन्।
नेपाल सरकार, मन्त्रीपरिषद्को भदौ १३ को निर्णयबाट उर्जा क्षेत्रका ज्ञाता काभ्रेपलाञ्चोक रोशी गाउँपालिका–९ का अधिकारीलाई वरिष्ठ उर्जा विज्ञमा नियुक्त गरिएको हो ।
इलेक्टिकल ईन्जिनीयरिङ स्नातकोत्तर (डिग्री) हासिँल गरी नेपाल विद्युत प्राधिकरणबाट उप कार्यकारी निर्देशक पदबाट निवृत्त भएका हुन् । अधिकारी झण्डै तीन दशकदेखि नेपालको उर्जा क्षेत्रको विकासमा क्रियाशिल छन् ।
विशेषतः उर्जा व्यापार, अन्तरदेशीय विद्युत प्रसारण तथा उर्जा नीतिका ज्ञाता मानिने नवनियुक्त उर्जा विज्ञ अधिकारीले आजै मन्त्रालयमा पदभार समेत ग्रहण गरेका छन् ।













