सेयर बजारमा भारी गिरावट : २६ सयको बिन्दुमा ओर्लियो नेप्से, कारोबार पनि खुम्चिँदै - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सेयर बजारमा भारी गिरावट : २६ सयको बिन्दुमा ओर्लियो नेप्से, कारोबार पनि खुम्चिँदै



काठमाडौँ । सेयर बजारको ओरालो यात्राले सोमबार पनि निरन्तरता पाएको छ । सोमबार पनि सेयर बजार भारी अंकले घटेको हो । अघिल्लो सातादेखि निरन्तर ओरालो लागेको सेयर बजार २६ सयको बिन्दुमा झरेको छ ।

आज ५५.८६ अंकले घटेसँगै नेप्से परिसूचक २६४६.०३ बिन्दुमा खुम्चिएको छ ।

बजार घटेसँगै कारोबार रकम पनि निरन्तर घट्दो छ । सोमबार ९ अर्ब ४३ करोड ९१ लाख ६ हजार रुपैयाँको सेयर कारोबार भएको छ । यस दिन ३२७ कम्पनीको २ करोड १० लाख ४८ हजार ९११ कित्ता सेयर किनबेच भएको हो । आज नेप्सेमा सूचीकृत १३ वटै उपसूचक राताम्य बनेका छन् ।

सेयर बजारमा भारी गिरावट हुँदा २२२ कम्पनीको सेयर मूल्य घटेको छ । २२ कम्पनीको सेयर मूल्य भने बढेका छन् ।

यस दिन हाथवे इन्भेष्टमेन्ट नेपाल, नेपाल वेयरहाउजिङ कम्पनी, इमर्जीङ नेपाल, सीईडीबी हाइड्रोपावर, स्वरोजगार लघुवित्त लगायत कम्पनीको सेयर मूल्य बढेको छ ।

उन्नति सहकार्य लघुवित्त, शृजनशील लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स, मनकामना इन्जिनियरिङ हाइड्रोपावर, युनिक लघुवित्त लगायत कम्पनीको सेयर मूल्य भने घटेका छन् ।

कारोबार रकमका आधारमा सीईडीबी हाइड्रोपावर अग्रस्थानमा देखिएको छ । कम्पनीको ३७ करोड ५७ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।


प्रतिक्रिया दिनुहोस्