वरिष्ठ उपाध्यक्ष पोखरेललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी
काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको कार्यवहाक अध्यक्षको जिम्मेवारी पाएका छन् ।
प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अमेरिका प्रस्थान गरेसँगै पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी पोखरेललाई प्रदान गरिएको हो ।
पार्टी अध्यक्ष ओली संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी हुन आज संयुक्त राज्य अमेरिकातर्फ प्रस्थान गरेका छन् ।प्रधानमन्त्री ओली आगामी असोज १४ गते स्वदेश फर्कने छन् ।













