एभरेष्ट र प्राईम इन्स्योरेन्स कम्पनीद्धारा संयुुुक्त रुपमा घुम्ति बिमा सेवा शुरु « Arthapath.com
२६ माघ २०७६, आईतवार

एभरेष्ट र प्राईम इन्स्योरेन्स कम्पनीद्धारा संयुुुक्त रुपमा घुम्ति बिमा सेवा शुरु



काठमाडौं । “शाखारहित घुम्ती बिमा सेवा सम्बन्धी मार्गदर्शन २०७६” मा व्यवस्था भए बमोजिम एभरेष्ट इन्स्योरेन्स कम्पनी र प्राईम लाईफ इन्स्योरेन्स कम्पनीले संयुुुक्त रुपमा घुम्ति बिमा सेवा ठाकुर वावा मन्दिर परिसर, ठाकुरद्धारा, बर्दियाबाट एक भव्य कार्यक्रम बिच शुभारम्भ गरिएको छ । ग्राहकको घरदैलो वाटै बिमा सेवा प्रदान गर्ने उदेश्यले घुम्ती बिमा सेवा संचालन गरिएको छ ।

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । ग्राहको चाहना बमोजिम भविश्यको लागि वचत तथा जीवन सुरक्षका विभिन्न जीवन बिमा योजना प्रस्तुत गरिएको भट्टराईले बताए ।

एभरेष्ट इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले स्वागत मन्तव्य राखेका थिए । कम्पनीले उत्कृष्ट बिमा सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै कम्पनीका विभिन्न निर्जीवन बिमा सेवा लिई आफ्नो धन सम्पतिको सुरक्षाको सुनिश्चितता गरि व्यवसाय संचालन गर्न सम्पूर्ण कृषक तथा व्यवसायीलाई गौतमले आग्रह गरे ।

प्रमुख अतिथिमा बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाई रहेका थिए । बिमालाई आम जनतामा सर्वसुलभ रुपमा उपलव्ध गराउनको लागि बिमा कम्पनी मार्फत घुम्ती बिमा सेवाको अवधारण अगाडी बढाइएको उनले बताए ।


प्रतिक्रिया दिनुहोस्