डिजिटल वालेटमा रकम जम्मा गर्ने सीमा बढ्यो, अब एकैदिन ३० पटकसम्म कारोबार गर्न सकिने « Arthapath.com
२२ आश्विन २०८१, मंगलवार

डिजिटल वालेटमा रकम जम्मा गर्ने सीमा बढ्यो, अब एकैदिन ३० पटकसम्म कारोबार गर्न सकिने



काठमाडौं । डिजिटल वालेटमा रकम जम्मा गर्ने सीमा (संख्या) वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकहरुले संचालन गेका वालेटमा जम्मा गर्ने सीमा वृद्धि गरेको हो ।

विशेष गरि दसैं, तिहार, छठ जस्ता पर्वलाई लक्षित गर्दै राष्ट्र बैंकले डिजिटल वालेटमा रकम जम्मा गर्ने सीमा अस्यायी रुपमा बढाएको छ । चाडपर्वको समयमा धेरै नै कारोबार हुने भएको केन्द्रिय बैंकले यस्तो सीमा बढाएको हो ।

हाल एकदिनमा १० पटकसम्म वालेटमा रकम जम्मा गर्न पाउने प्रावधान छ । तर, अब प्राकृतिक व्यक्तिले एक दिनमा बढीमा ३० पटकसम्म वालेटमा रकम जम्मा गर्न सक्ने व्यवस्था गरेको छ ।

राष्ट्र बैंकका अनुसार असोज २१ गतेदेखि कात्तिक १ गतेसम्म, दीपावली (तिहार) तथा छठका अवसरमा कात्तिक १५ गतेदेखि कात्तिक २२ गतेसम्म यो सुविधा उपलब्ध गरहने छ ।


प्रतिक्रिया दिनुहोस्