सानिमा बैंकको लाभांश घोषणा, कति दिने भयो ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सानिमा बैंकको लाभांश घोषणा, कति दिने भयो ?



काठमाडौं । सानिमा बैंकले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

असोज २२ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गरेको निर्णयानुसार उक्त आर्थिक वर्षका लागू बैंकले हाल कायम चुक्ता पूँजीको ५.२६३२ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।


प्रतिक्रिया दिनुहोस्