कामना सेवा विकास बैंकको लाभांश साधारणसभाबाट पारित « Arthapath.com
१८ जेष्ठ २०८२, आईतबार

कामना सेवा विकास बैंकको लाभांश साधारणसभाबाट पारित



काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको वार्षिक साधारणसभा आज (असोज ३०) सम्पन्न भएको छ ।

बैंकको संचालक समितिका अध्यक्ष सुदिप आचार्यको अध्यक्षतामा भएको सभाले आर्थिक वर्षका लागि प्रस्तावित लाभांश पारित गरेको छ ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी जम्मा १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । सोही लाभांश सभाले पारित गरेको हो ।

त्यस्तै सभाले १०० रुपैयाँको दरले ३५ करोड रुपैयाँ बराबरको वार्षिक ९ प्रतिशत लाभांश दर कायम हुनेगरी अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गरी प्राथमिक पुँजी वृद्धि गर्ने र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, गत आर्थिक वर्षको वित्तीय विवरहरू छलफल गरी पारित गर्ने र चालु आवका लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।


प्रतिक्रिया दिनुहोस्