सर्पोट लघुवित्तले १४.५० प्रतिशत लाभांश दिने, बोनस र नगद कति ? « Arthapath.com
५ कार्तिक २०८१, सोमबार

सर्पोट लघुवित्तले १४.५० प्रतिशत लाभांश दिने, बोनस र नगद कति ?



काठमाडौं । सर्पोट लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ ।

कम्पनीको आइतबार (कात्तिक ४ गते) बसेको संचालक समितिको बैठकले यो वर्ष आफ्ना सेयरधनीलाई १४.५० प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट १३.७७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७२५ नगद लाभांश दिने भएको हो । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण हुनेछ।


प्रतिक्रिया दिनुहोस्