सिद्धार्थ बैंकको चामत्कारिक वित्तीय प्रगति: झन्डै ९ गुणा बढायो नाफा, इपिएस पनि वृद्धि « Arthapath.com
६ असार २०८२, शुक्रबार

सिद्धार्थ बैंकको चामत्कारिक वित्तीय प्रगति: झन्डै ९ गुणा बढायो नाफा, इपिएस पनि वृद्धि



काठमाडौं । सिद्धार्थ बैंकको नाफामा उछाल आएको छ । बैंकको खुद नाफा झन्डै ८०० प्रतिशत वृद्धि भएको छ । बैंकले बुधवार प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

समिक्षा अवधिमा बैंकको नाफ ७९१.४३ प्रतिशत वृद्धि भई ३८ करोड २० लाख ८४ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकले ४ करोड २८ लाख ६२ हजार रुपैयाँ मात्रै नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि ६.०१ प्रतिशत वृद्धि भई २ अर्ब ८ करोड ८२ लाख ८७ हजार रुपैयाँ पुगेको छ । जबकि गत आवको असोज मसान्तसम्म बैंकको यस्तो आम्दानी १ अर्ब ९६ करोड ९८ लाख रुपैयाँ मात्रै थियो ।

समिक्षा अवधिमा बैंकको संचालन नाफा पनि उल्लेख्य वृद्धि भएको छ । बैंकको यस्तो नाफा ५७६.३३ प्रतिशत वृद्धि भई ५३ करोड ९५ लाख ५९ हजार रुपैयाँ पुगेको छ । यता, खुद संचालन आम्दानी पनि ६२.३४ प्रतिशत बढेर १ अर्ब ६८ करोड ६६ लाख रुपैयाँ कायम भएको छ । गत आवको पहिलो त्रैमासमा बैंकको वितरणयोग्य नाफा ऋणात्मक थियो । तर, चालु आवको सोही अवधिमा भने २६ करोड ४३ लाख ८९ हजार रुपैयाँ धनात्मक देखिएको छ ।

बैंकको खराब कर्जा पनि २ प्रतिशत बिन्दु भन्दा तल नै छ । समिक्षा अवधिमा बैंकको खराब कर्जा १.९९ प्रतिशत मात्रै छ । यता, प्रतिसेयर आम्दानी (इपिएस) पनि व्यापाक रुपमा बढेको देखिन्छ । गत आवको पहिलो त्रैमासमा बैंकको यस्तो आम्दानी १.१९ पैसा मात्रै थियो । तर, चालु आवको सोही अवधिमा आइपुग्दा भने बढेर १०.६४ रुपैयाँ पुगेको छ । यता, प्रतिसेयर नेटवर्थ भने २१०.७२ रुपैयाँ छ ।

हाल बैंकको चुक्ता पुँजी १४ अर्ब ८ करोड ९९ लाख रुपैयाँ छ । जगेडा कोषमा पनि बैंकले १४ अर्ब ६ करोड ८४ लाख रुपैयाँ राखेको छ ।

समिक्षा अवधिमा बैंकको निक्षेप संकलन ०.८२ प्रतिशत मात्रै वृद्धि भई २ खर्ब ४३ अर्ब २९ करोड ८३ लाख रुपैयाँ कायम भएको छ। कर्जा लगानी पनि २.८३ प्रतिशत बढेर २ खर्ब ८४ लाख करोड रुपैयाँ पुगको छ।


प्रतिक्रिया दिनुहोस्