२५.५४ प्रतिशत बढ्यो प्रभू महालक्ष्मीको नाफा, इपिएस पनि बढ्यो

काठमाडौं । प्रभू महालक्ष्मीको नाफा दोहोरो अंकमा वृद्धि भएको छ । कम्पनीले सोमबार प्रकाशन गरेको चालु आर्थिक वर्ष पहिलो त्रैमासको वित्तीय विवरणले यस्तो देखाएको हो ।
कम्पनीको खुद नाफा २५.७४ प्रतिशत वृद्धि भई १२ करोड ६२ लाख ३७ हजार रुपैयाँ कायम भएको छ । गत आवको पहिलो त्रैमासमा कम्पनीले १० करोड ३ लाख रुपैयाँ नाफा कमाएको थियो ।
समिक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन ४.१८ प्रतिशत वृद्धि भई १ अर्ब १७ करोड २९ लाख ६० हजार रुपैयाँ कायम भएको छ । यस्तै, कम्पनीको कुल आम्दानी ११.६७ प्रतिशत वृद्धि भई १ अर्ब ५७ करोड ८१ लाख र कुल खर्च पनि १०.५९ प्रतिशत बढेर १ अर्ब ४५ करोड १८ लाख रुपैयाँ कायम भएको छ ।
सो अवधिमा कम्पनीको खुद दावी भुक्तानी पनि १२.२७ प्रतिशत बढेको छ । कम्पनीले समिक्षा अवधिमा १ अर्ब १५ करोड १४ लाख रुपैयाँ खुद दावी भुक्तानी दिएको छ ।
यस्तै, कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) पनि बढेर १०.६९ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ११९.३४ रुपैयाँ कायम भएको छ ।
हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब ७२ करोड ५६ लाख छ । कम्पनीको महाविपत्ति कोषमा भने ९ करोड ६९ लाख रुपैयाँ रहेको छ ।