दुई विकास बैंकको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

काठमाडौं । विकास बैंक तर्फ हालसम्म दुई बैंकले मात्रै लाभांश घोषणा गरेका छन् ।
यो वर्षका लागि लाभांश सिजन सुरु भइसकेको छ । विभिन्न कम्पनीहरुले आफ्ना सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा धमाधम गरिरहेका छन् ।
यी मध्ये विकास बैंक तर्फ भने हालसम्म कामना सेवा र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेका हुन् ।
गत आर्थिक वर्षको मुनाफाबाट पहिलो लाभांश घोषणा गर्ने कामना सेवा ७ प्रतिशत बोनस र ५ प्रतिशत नगद (कर समेत) गरि कुल १२ प्रतिशत लाभांश दिएको छ । जुन साधारण सभाबाट पारित भई सेयरधनीहरुको खातामा समेत पठाइसकेको छ ।
यता, शाइन रेसुङ्गाले भने गत आइतबार आफ्ना सेयरधनीलाई ८ प्रतिशत लाभांश लाभांश दिने घोषणा गरेको छ । बैंकले यो वर्ष ३ प्रतिशत बोनस सेयर र कर सहित ५ प्रतिशत नगद लाभांश दिने भएको हो । यी बाहेकका अन्य बैंकहरुको लाभांश घोषणा हुन बाँकी छ ।