नागढुंगा सडक आजदेखि आंशिक बन्द हुने
काठमाडौं । नागढुंगा सडक आजदेखि आंशिक बन्द हुने भएको छ ।
नागढुंगा सुरुङ मार्गको पश्चिम पोर्टल, त्रिभुवन राजमार्ग अन्तर्गत धादिङको सिस्ने खोलामा स्लोप कटिङ कार्य गर्न लागिएकाले आगामी एक साता आंशिक बन्द हुने भएको हो ।
आयोजनाका अनुसार सो सडक आजबाट बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म आंशिक रुपमा बन्द हुनेछ । २०-२० मिनेटमा खोल्ने र बन्द गर्ने गरी काम गरिने आयोजनाले जनाएको छ ।














