शतप्रतिशत हकप्रद सेयर जारी गर्दै सयपत्री हाईड्रोपावर - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

शतप्रतिशत हकप्रद सेयर जारी गर्दै सयपत्री हाईड्रोपावर



काठमाडौं । सयपत्री हाईड्रोपावरले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले शतप्रतिशतका दरले हकप्रद सेयर निष्काशन गर्ने भएको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने घोषणा गरेको हो ।

कम्पनीको मंसिर २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा हकप्रद सेयर निष्कासन निर्णय गरेको छ ।

हकप्रद शेयर निष्काशनबाट प्राप्त रकम कम्पनीको ऋण तथा दायित्व भुक्तानी गर्नेछ । यसका साथै दरम खोला ए जलविद्युत आयोजनाको मर्मत सुधार गर्ने प्रयोजनको लागि हकप्रद शेयर जारी गर्ने भएको हो ।

विद्युत नियमन आयोगको सहमति लिई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा हकप्रद शेयर निष्काशन गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्