मितेरी डेभलपमेन्ट बैंकको लाभांश घोषणा « Arthapath.com
९ मंसिर २०८१, आईतवार

मितेरी डेभलपमेन्ट बैंकको लाभांश घोषणा



काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंकको मंसिर ७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण निर्णय गरेको हो।

बैंकले हाल कायम चुक्ता पूँजीको १०.००८३ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो । जसमध्ये ९.५०७९ प्रतिशत बोनस सेयर र ०.५००४ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।


प्रतिक्रिया दिनुहोस्