११ महिनापछि नेतृत्व पाउँदै धितोपत्र बोर्ड, आजै बस्ने मन्त्रिपरिषद बैठकले अध्यक्ष नियुक्ति गर्न सक्ने
काठमाडौं । सोमबार नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नयाँ अध्यक्ष पाउने सम्भावना देखिएको छ । आज बस्ने मन्त्रिपरिषदको बैठकले बोर्ड अध्यक्ष नियुक्ति गर्न सक्नेछ ।
आइतबार बोर्डको अध्यक्ष छनोट समितिले तीन जनाको नाम सिफारिस गरिसकेको छ । समितिले सन्तोषनारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ र नवराज अधिकारीको नाम सिफारिस गरेको हो ।
यी तीन जनामध्ये आज बस्ने मन्त्रिपरिषदको बैठकले एक जनालाई बोर्डको अध्यक्षमा नियुक्ति गर्न सक्नेछ । योसँगै ११ महिनादेखि नेतृत्व बिहीन सेबोनले पूर्णतापाउने सम्भावना देखिएको हो ।













