धितोपत्र बोर्डको अध्यक्षमा श्रेष्ठले मारे बाजी, ११ महिनापछि सेबोनले पायो नेतृत्व « Arthapath.com
२० असार २०८२, शुक्रबार

धितोपत्र बोर्डको अध्यक्षमा श्रेष्ठले मारे बाजी, ११ महिनापछि सेबोनले पायो नेतृत्व



काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्ति भएका छन् । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले श्रेष्ठलाई बोर्ड अध्यक्षमा नियुक्ति गर्ने निर्णय गरेको हो ।

अध्यक्ष नियुक्तिका लागि आइतबार मात्रै अध्यक्ष सिफारिस समितिले सन्तोषनारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ र नवराज अधिकारीको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो । यी तीन जनामध्ये सोमबार बसेको मन्त्रिपरिषद बैठकले सन्तोषनारायणलाई अध्यक्षमा नियुक्ति गर्ने निर्णय गरेको हो ।

योसँगै ११ महिना नेतृत्व विहीन बनेको सेबोनले पूर्णता पाएको छ । बोर्डको अध्यक्ष पद गत वर्षको पुस २० गतेदेखि रिक्त रहेको थियो । बोर्डको अध्यक्ष छनोटका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा. शिवराज अधिकारीको संयोजकत्वमा सिफारिस समिति बनाएको थियो ।


प्रतिक्रिया दिनुहोस्