कर्णाली डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकको कारवाही, निक्षेप संकलन र कर्जा प्रवाहमा रोक « Arthapath.com
११ मंसिर २०८१, मंगलवार

कर्णाली डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकको कारवाही, निक्षेप संकलन र कर्जा प्रवाहमा रोक



काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकलाई निक्षेप संकलन र कर्जा प्रवाहमा रोक लगाइएको छ । नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंक, नेपालगञ्ज, बाँकेलाई थप निक्षेप लिन र कर्जा प्रवाह गर्न रोक लगाएको हो ।

पुँजीकोष अनुपात, खराब कर्जा अनुपा लगायत बैंकको वित्तीय अवस्था समस्याउन्मुख रहेकाले निक्षेप संकलन र कर्जा प्रवाहमा रोक लगाएको हो ।

संस्थाको कर्जा नोक्सानी व्यवस्थामा सुपरीवेक्षकीय समायोजन गर्दा बैंकले तोकेबमोजिमको न्यूनतम पुँजीकोष अनुपात कायम नहुने र निष्क्रिय कर्जा अनुपात ४०.८५ प्रतिशत कायम हुने लगायतका कारणले संस्थाको वित्तीय अवस्था समस्याउन्मुख देखिएको राष्ट्र बैंकले जनाएको छ ।

यसरी समस्याउन्मुख देखिएको हुँदा निक्षेपकर्ता र सर्वसाधारणको हित संरक्षण गर्न राष्ट्र बैंकले सुधारात्मक कारबाही गरेको जनाएको छ ।

‘नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारवाही सम्वन्धि विनियमावली, २०७४ को विनियम ३ बमोजिम ६ महिनाभित्र संस्थाको नयाँ व्यवस्थापनले संस्थाको वित्तीय परिसूचकहरुमा सुधार गर्न सर्तमा थप निक्षेप संकलन, नयाँ खाता खोल्न र थप कर्जा प्रवाह गर्न रोक लगाइ सुधारात्मक कारावही गरिएको हो’, राष्ट्र बैंकले भनेको छ।


प्रतिक्रिया दिनुहोस्