माथिल्लो मैलुङ खोला जलविद्युतले बोलायो साधारणसभा, के-के छन् एजेन्डा ?
काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युतले एघारौँ वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनीको साधारणसभा आगामी पुस २५ गते, बिहीबार, सेलीब्रेसन हाईटस्, काठमाडौँ–४, सुकेधारामा बिहान ११ बजे सुरू हुनेछ।
सभाले मर्जर तथा एक्विजिशनसम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १२ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।













