बाढी, पहिरोले पुर्याएको क्षति उपर बीमा कम्पनीले दिए १ अर्ब १९ करोड दावी भुक्तानी, कसले कति ? « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

बाढी, पहिरोले पुर्याएको क्षति उपर बीमा कम्पनीले दिए १ अर्ब १९ करोड दावी भुक्तानी, कसले कति ?



काठमाडौं । गत असोज १० गते देखि १२ गतेसम्म आए बाढी तथा पहिरो उपर १२ अर्ब बढीको बीमा दावी परेको छ ।

नेपाल बीमा प्राधिकरणका अनुसार बाढी पहिरोले पुर्याएको क्षति बापत बीमा कम्पनीहरुहरुमा १२ अर्ब ३६ करोड ६५ लाख ८७ हजार रुपैयाँ बराबरको दावी परेको हो । तर, हालसम्म भने कम्पनीहरुले दावी पेशको ९.६७ प्रतिशत मात्रै भुक्तानी दिएका छन् ।

निर्जीवन बीमा कम्पनीहरुमा कुल ३ हजार ५४९ वटा बीमा दावी पेश भएका थिए । गत बुधवारसम्म (मंसिर २६ गते) मा भने कम्पनीहरुले १ हजार ५१४ वटा मात्रै भुक्तानी दिएका हुन् ।

लगातारको वर्षाले ठुला ठुला जलविद्युत परियोजना, सवारी साधान, घर तथा पसल लगायतमा क्षति पुर्याएको थियो । गत बुधवारसम्म कम्पनीहरुले कुल १ अर्ब १९ अर्ब ६४ करोड ९० लाख रुपैयाँ बीमा दावी भुक्तानी गरेका हुन् । तर, अझै पनि राष्ट्रिय बीमा कम्पनी र ट्रस्ट माइक्रोले भने भुक्तानी दिएका छैनन् । यी दुई कम्पनीमा क्रमशः २० करोड ७१ लाख २० हजार र १५ करोड २० लाख रुपैयाँ बराबरको बीमा दावी पेश भएका छन् ।

बीमा दावी उपर सबैभन्दा धेरै रकम भुक्तानी शिखर इन्स्योरेन्स गरेको देखिन्छ । कम्पनीमा १ अर्ब १५ करोड ९५ लाख रुपैयाँ बराबरको ४५७ वटा दावी पेश भएको छ । तर, हाल कम्पनीले ३० करोड ७८ लाख २८ हजार रुपैयाँ बराबरको ४०७ वटा दावी भुक्तानी गरेको छ।

यस्तै, सिद्धार्थ प्रिमियरले पनि २५ करोड ५२ लाख ९८ हजार रुपैयाँ बराबरको २१९ वटा भुक्तानी दिएको छ । कम्पनीमा भने २ अर्ब ६२ करोड ८६ लाख ३४ हजार रुपैयाँ दावी पेश भएका छन् ।

यता, १ अर्ब ३४ करोड ९५ लाख रुपैयाँ बराबरको दावी पेश भएको सगरमाथा लुम्बिनीले पनि १४ करोड ५४ लाख रुपैयाँ भुक्तानी दिएको छ ।

प्राधिकरणका अनुसार हिमालयन एभरेष्टले १० करोड ९३ लाख, सानिमा जिआइसीले ९ करोड ५१ लाख, आइजीआईप प्रुडेन्सियलले ८ करोड ६६ लाख, नेको इन्स्योरेन्सले ८ करोड १३ लाख, ओरियण्टलले ४ करोड ४९ लाख एनएलजीले २ करोड ५४ लाख ७२ हजार रुपैयाँ दावी भुक्तानी दिएका छन् ।

यस्तै, प्रभू इन्स्योरेन्सले १ करोड २० लाख, नेशनलले ४३ लाख, स्टार माइक्रोले २ लाख ५० हजार, नेपाल माइक्रोले ५ लाख र प्रोटेक्टिभ माइक्रोले १ लाख १८ हजार रुपैयाँ बरारबको दावी भुक्तानी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्