मन्त्रिपरिषद बैठकका १४ वटा निर्णयहरु सार्वजनिक (सूचीसहित) - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

मन्त्रिपरिषद बैठकका १४ वटा निर्णयहरु सार्वजनिक (सूचीसहित)



काठमाडौं । मन्त्रिपरिषद बैठकमा पछिल्लो निर्णयहरु सार्वजनिक भएको छ । गत मंसिर २७ र २८ गते बसेको मन्त्रीपरिषद् बैठकका १४ निर्णयहरु सार्वजनिक भएको हो ।

बैठकले सिँचाइ आधुनिकीकरण अभिवृद्धि आयोजना कार्यान्वयनका लागि एसियाली विकास बैंकबाट नेपाल सरकारलाई प्राप्त हुने ८५ मिलियन अमेरिका डलर अर्थात् करिब ११ अर्ब ५५ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

यस्तै, काठमाडौं उपत्यका खानेपानी आपूर्ति सुधार आयोजना (दोस्रो) का लागि पनि एडीबीबाट प्राप्त हुने १७० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण पनि स्वीकार गर्ने निर्णय गरेको छ ।


प्रतिक्रिया दिनुहोस्