गरिमा क्यापिटलको पहिलो म्युचुअल फन्डमा आवेदन दिने आज अन्तिम मौका « Arthapath.com
२ श्रावण २०८३, शनिबार

गरिमा क्यापिटलको पहिलो म्युचुअल फन्डमा आवेदन दिने आज अन्तिम मौका



काठमाडौं । गरिमा क्यापिटल लिमिटेडको पहिलो म्युचुअल फन्डमा आवेदन दिने आज अन्तिम मौका रहेको छ । क्यापिटलले गत पुस ७ गते आइतबारदेखि ‘गरिमा समृद्धि योजना’ निष्कासन तथा बिक्री खुला गरेको थियो ।

क्यापिटलले १ अर्ब रुपैयाँ बराबरको म्युचुअल फन्ड बिक्रीमा ल्याएको हो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १० करोड इकाई बिक्रीमा ल्याएको छ । यो एक बन्दमुखी योजना हो ।

सो मध्ये १४ प्रतिशत वा १ करोड ४० लाख इकाई कोष प्रवर्धक गरिमा विकास बैंकलाई छुट्याएको छ । यस्तै, १० लाख इकाई योजना व्यवस्थापक कम्पनी गरिमा क्यापिटल लिमिटेडलाई सुरक्षित गरेको छ । त्यस बाहेक बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको क्यापिटले जनाएको छ ।

यसको अवधि भने १० वर्ष रहेको छ । सो योजनामा न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ ।

योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्