आइपीओ ल्याउँदै शैलेश्वरी पावर « Arthapath.com
२ श्रावण २०८३, शनिबार

आइपीओ ल्याउँदै शैलेश्वरी पावर



काठमाडौं । शैलेश्वरी पावर नेपालले आइपीओ निष्कासन गर्ने भएको छ । आइपीओ निष्कासनको प्रस्ताव पारित गर्न आगामी पुस २५ गते साधारण सभा बोलाएको छ ।

सभामा आइपीओ निष्कासन गर्ने र सो सम्वन्धकमा सम्पूर्ण कार्यका लागि संचालक समितिलाई अख्तियारी दिइने छ ।

यस्तै, प्रवन्धपत्र र नियमावलीमा गरिने संसोधन थप उपर नियमनकारी निकाय वा कार्यालयबाट प्राप्त हुने निर्देशन बमोजिम प्रवन्धपत्र वा नियमावलीमा संसोधन एवं परिमार्जन तथा शेयर संरचना परिवर्तन गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित हुनेछ ।

आर्थिक वर्ष २०८०-८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ । यसका साथै आव २०८०-८१ को लेखापरीक्षण प्रतिवेदन सहितको वित्तिय विवरणमा छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ ।

सोही सभाले चालु आव २०८१-८२ को लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव रहेको छ ।


प्रतिक्रिया दिनुहोस्