नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स रोक्न परेको रिटमा तोकियो पेशी, माघ ९ गते बहस हुने

काठमाडौं । नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स रोक्नका लागि परेको रिटमा पेशी तोकिएको छ ।
पुस २३ गते सर्वोच्च अदालतमा नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स रोक्न भन्दै रिट दायर भएको थियो । सो रिट निवेदनको पेशी भने आगामी माघ ९ गते बुधवारका लागि तोकिएको छ ।
नेपाल धितोपत्र बोर्ड, अर्थमन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई प्रतिवादी बनाई कृष्ण बहादुर थापाले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स नदिन मुद्दा दायर गरेका थिए ।
गत पुस ५ गते बसेको मन्त्रिरिषदको बैठकले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया अघि बढाउने निर्ण गरेको थियो ।
सरकारले धितोपत्र बजार संचालनका लागि संगठित संस्थ स्थापना गर्न नेपाल धितोपत्र बोर्डबाट सिफारिस प्रदान गर्ने सम्वन्धित निर्देशिका, २०७९ बमोजिम नयाँ स्टक एक्सचेञ्जका लागि आवेदन खुलाएको थियो । थापाले निर्देशिकामा मात्रै टेकेर लाइसेन्स दिन नहुने उल्लेख गरेका छन् ।