फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, प्रतिलिटर कति महँगीयो ?

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।
नेपाल आयल निगमले पेट्रोलको भाउ प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टीतेलको भाउ प्रतिलिटर ३ रुपैयाँ बढाएको हो । बढेको मूल्य आजै राती १२ बजेदेखि लागू हुनेछ ।
इण्डियन आयल कर्पोरेशनबाट आजै पेट्रोलको भाउ २.२४ रुपैयाँ र डिजेल ३.५५ रुपैयाँ बढेर आएको निगमले जनाएको छ ।
सोही अनुसार नै साविकको मुद्रा बिक्री मूल्यमा पेट्रोलको भाउ २ रुपैयाँ र डिजेल तथा मट्टीतेलको भाउ ३ रुपैयाँ बढाइएको निगमले जनाएको छ ।
