सानिमा माई हाइड्रोपावरको नाफा घट्दा अन्य सूचक कस्ता छन् ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सानिमा माई हाइड्रोपावरको नाफा घट्दा अन्य सूचक कस्ता छन् ?



काठमाडौं । सानिमा माई हाइड्रोपावरले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २६ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिमा तुलनामा २०.७० प्रतिशत कम हो । यस कम्पनीले गत वर्ष ३४ करोड ४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी ४९ करोड ९२ लाखबाट घटेर ४० करोड ६३ लाख कायम भएको छ । कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी घट्दा नाफामा दबाब परेको हो । यता, वित्तीय खर्च ५ करोड रुपैयाँबाट घटेर ४ करोड रुपैयाँमा झरेको छ ।

हाल यसको चुक्ता पुँजी ३ अर्ब ३९ करोड ८१ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा १ अर्ब ३६ करोड ९४ लाख रुपैयाँ देखिएको छ । यसको अदर रिजर्भमा १ अर्ब ७६ करोड रुपैयाँको छ । प्रतिसेयर आम्दानी ७.९२ रुपैयाँ रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ १९२.०३ रुपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्