उपकार लघुवित्त र कर्पोरेट डेभलपमेन्टको सेयर मूल्यमा नकरात्मक सर्किट, यी हुन् आज उच्च दर गुमाउनेहरु « Arthapath.com
२० असार २०८२, शुक्रबार

उपकार लघुवित्त र कर्पोरेट डेभलपमेन्टको सेयर मूल्यमा नकरात्मक सर्किट, यी हुन् आज उच्च दर गुमाउनेहरु



काठमाडौं । साताको पाँचौं कारोकार दिन दुई कम्पनीको सेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ ।

बिहीबार उपकार लघुवित्त र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर भाउ १० प्रतिशत घटेको हो । आज उपकारको सेयर भाउ प्रतिकित्ता ६६० रुपैयाँ घटेर ५ हजार ९४० रुपैयाँ र कर्पोरेट डेभलपमेन्टको प्रतिकित्ता २२२.६० रुपैयाँ घटेर २ हजार ४.१० रुपैयाँ कायम भएको छ ।

यता, भुगोल इनर्जीको ७.८९ प्रतिशत अर्थात् प्रतिकित्ता ८१.१० रुपैयाँ घटेर ९४६.९० रुपैयाँ कायम भएको छ।

आज यी कम्पनीसहित एनआइसी एशिया फन्ड–३०, रावा खोला, मिड सोलु, सामलिङ पावर, रिभर फल्स लगायतका लगानीकर्ताहरुले गुमाएका छन् ।


प्रतिक्रिया दिनुहोस्