विद्युत बिक्री आम्दानीसँगै घट्यो माण्डु हाइड्रोपावरको नाफा - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

विद्युत बिक्री आम्दानीसँगै घट्यो माण्डु हाइड्रोपावरको नाफा



काठमाडौं । माण्डु हाइड्रोपावरले चालु आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात, पुसमसान्तसम्म १६ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको तुलनामा ४.९७ प्रतिशत कम हो । गत वर्षको यसैअवधिमा कम्पनीले १७ करोड ५ लाख रुपैयाँ नाफा कमाएको थियो ।

विद्युत बिक्रीबाट हुने आम्दानी घटेर २० करोड ४७ लाख कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले विद्युत बिक्री गरेर ४१ करोड ५२ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

वित्तीय खर्च भने १२ करोड ९ लाखबाट घटेर ८ करोड १८ लाख रुपैयाँमा झरेको छ ।

१ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोषमा १७ करोड ५ लाख जम्मा रहेको छ । इपीएस २३.७७ रुपैयाँ छ । प्रतिसेयर नेटवर्थ १४६.९८ रुपैयाँ छ ।


प्रतिक्रिया दिनुहोस्