२ वटा ट्रक ठोकिदा १ चालकको मुत्यु ,१ घाइते

काठमाडौं । आज विहान नारायणगढ–मुग्लिन सडकमा दुई ट्रक ठोकिदा गम्भीर घाइते भएका एक चालकको उपचारका क्रममा ज्यान गएको छ ।
ज्यान गुमाउने मा ना४प ८०११ नम्बर ट्रकका चालक बारा, परवानीपुरका २८ वर्षीय अजय साह रहेका छन ।
गम्भीर घाइते भएका उनको भरतपुरको पुरानो मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचारका क्रममा विहान ज्यान गएको हो ।
चीतवनको इच्छाकामना गाउँपालिका मुग्लिन नजिक खहरे पुलमा बिहान साढे ८ बजे उनीहरुको ट्रक काठमाडौंबाट नारायणगढ आउँदै गरेको ना६ख २४२३ नम्बरको ट्रकसँग ठोक्किएको थियो ।
त्यस्तै घाइते चालक दोलखा, जिरी२ का ४० वर्गीय दाङ्गिमा शेर्पा रहहेका छन ।